इजरायली बमबारीमा रफाहमा ३० जनाको मृत्यु भएको हमासको दाबी
सोमबार, १७ वैशाख २०८१, १२ : १७

रफाह । इजरायली बमबारीका कारण दक्षिणी गाजा सहर रफाहमा कम्तीमा ३० जनाको मृत्यु भएको दाबी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गरेको छ । गाजाको रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनी नागरिकले शरण लिएका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
गाजामा भइरहेका युद्ध रोक्न कूटनीतिक कदम चालिएको छ । शान्ति वार्ताका लागि हमासको प्रतिनिधिमण्डल कायरोमा छन् ।
हमासका एक अधिकारीले इजरायलको युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावमा आफूलाई कुनै आपत्ति नभएको बताएका छन् । तर यो विषयमा छलफल हुने कुनै सङ्केत भने छैन ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन साउदी अरबमा छन् । उनले यो सम्झौता कार्यान्वयन गर्ने प्रयासबारे कुरा गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
कांग्रेस लुम्बिनी प्रदेश सभापतिद्वारा बजेटको विरोध, अनधिकृत स्थलमा बजेट बनाएको आरोप
-
सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन
-
प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण
-
ग्वार्को ओभरपास : अल्पकालीन राहत तर दीर्घकालीन समाधानका लागि सोचौँ