इजरायली बमबारीमा रफाहमा ३० जनाको मृत्यु भएको हमासको दाबी
सोमबार, १७ वैशाख २०८१, १२ : १७
रफाह । इजरायली बमबारीका कारण दक्षिणी गाजा सहर रफाहमा कम्तीमा ३० जनाको मृत्यु भएको दाबी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गरेको छ । गाजाको रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनी नागरिकले शरण लिएका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
गाजामा भइरहेका युद्ध रोक्न कूटनीतिक कदम चालिएको छ । शान्ति वार्ताका लागि हमासको प्रतिनिधिमण्डल कायरोमा छन् ।
हमासका एक अधिकारीले इजरायलको युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावमा आफूलाई कुनै आपत्ति नभएको बताएका छन् । तर यो विषयमा छलफल हुने कुनै सङ्केत भने छैन ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन साउदी अरबमा छन् । उनले यो सम्झौता कार्यान्वयन गर्ने प्रयासबारे कुरा गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण