नेपाली सेनाद्वारा निर्मित बेलिबृज उद्घाटन
धादिङ । धादिङको खनियावास र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा निर्मित बेलिबृजको आइतबार उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी तथा प्रधान सेनापति भुराम शर्माले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
किम्ताङ्ग खोलामा पक्की पुल नभएको कारण वर्षायाममा धादिङ जिल्लाको उत्तरी क्षेत्रका रुवी भ्याली, गंगा जमुना, खनियावास र नेत्रावत्री दवजोङ्ग गाउँपालिकाहरूमा आवतजावतमा कठिनाइ रहेकोले नुवाकोटस्थित त्रिशूली हाइड्रोपावरद्वारा निर्मित र हाल प्रयोग विहीन बेलिबृजलाई नेपाली सेनाले उक्त स्थानमा जडान गरेको हो । पुल निर्माणसँगै करिब ६० हजार स्थानीय लाभान्वित हुनेछन् । नवनिर्मित बेलीबृजको लम्बाई ४२.६७ मिटर, चौडाइ ४.२ मिटर तथा अधिकतम भारबहन क्षमता ३० टन रहेको छ ।
उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय बुद्धिमान तामाङ र बिना लामा, प्रदेश सभा सदस्यद्वय डम्बर बहादुर तामाङ र गोविन्द बहादुर लम्साल, पूर्व राज्य मन्त्री दिलमान पाख्रिन, जनप्रतिनिधिहरू, नेपाली सेनाका रथीवृन्द, अधिकृत, सञ्चारकर्मीहरू लगायत स्थानीय वासीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण