सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा निर्मित बेलिबृज उद्घाटन

आइतबार, १६ वैशाख २०८१, २० : ४८
आइतबार, १६ वैशाख २०८१

धादिङ । धादिङको खनियावास र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा निर्मित बेलिबृजको आइतबार उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी तथा प्रधान सेनापति भुराम शर्माले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

किम्ताङ्ग खोलामा पक्की पुल नभएको कारण वर्षायाममा धादिङ जिल्लाको उत्तरी क्षेत्रका रुवी भ्याली, गंगा जमुना, खनियावास र नेत्रावत्री दवजोङ्ग गाउँपालिकाहरूमा आवतजावतमा कठिनाइ रहेकोले नुवाकोटस्थित त्रिशूली हाइड्रोपावरद्वारा निर्मित र हाल प्रयोग विहीन बेलिबृजलाई नेपाली सेनाले उक्त स्थानमा जडान गरेको हो । पुल निर्माणसँगै करिब ६० हजार स्थानीय लाभान्वित हुनेछन् । नवनिर्मित बेलीबृजको लम्बाई ४२.६७ मिटर, चौडाइ ४.२ मिटर तथा अधिकतम भारबहन क्षमता ३० टन रहेको छ ।

उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय बुद्धिमान तामाङ र बिना लामा, प्रदेश सभा सदस्यद्वय डम्बर बहादुर तामाङ र गोविन्द बहादुर लम्साल, पूर्व राज्य मन्त्री दिलमान पाख्रिन, जनप्रतिनिधिहरू, नेपाली सेनाका रथीवृन्द, अधिकृत, सञ्चारकर्मीहरू लगायत स्थानीय वासीहरूको उपस्थिति रहेको थियो ।   

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप