शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

करले संघीयता र राजनीतिक प्रणालीलाई असर गर्दैनः अर्थमन्त्री खतिवडा

शुक्रबार, ०१ भदौ २०७५, १८ : २९
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले अहिलेको कर प्रणालीले हिजोको भन्दा बढी बोझ सृजना नगरेको जनाएका छन् । चौतर्फी करको दर बढी भयो भन्ने आलोचना आइरहेकै बेला अर्थमन्त्री खतिवडाले अहिलेको करले थप बोझ सृजना नगरेको स्पष्ट पारे । तर, दोहोरो करमा भने समस्या भएको उनले स्विकारे । दोहोरो करको विषयमा छानविन गर्न राजस्व शाखाको सहसचिवको नेतृत्वमा उद्योग व्यवसायी समेतको संलग्नतामा समस्या समाधानका लागि कार्यदल बनेको उनले भने । सोही कार्यदलले छिटोभन्दा छिटो समाधान गर्ने उनले बताए । 

शुक्रबार अर्थ मन्त्रालयको साउन महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्दै उनले बढी आम्दानी हुनेले बढी कर र समान आम्दानी हुनेले समान कर तिर्यो भने अहिलेको समस्या आफै समाधान हुने तर्क गरे । अहिले समस्या एकिकृत सम्पत्ति करमा परेको हुनसक्ने भन्दै उनले भने, ‘एकिकृत सम्पत्ति कर लागू भएपछि जो करको दायरामा आउँछन् उनीहरुलाई अलिकति बढी कर लागेको हुनसक्छ । त्यसमा मूल्याँकन ठिक छकि छैन भनेर हेर्नुपर्छ ।’ 

करको भारले संघीयता नै खतरामा पर्ने टिकाटिप्पणी आएको भन्दै खतिवडाले कर प्रणालीले राजनीतिक प्रणाली र संघीयतालाई असर नगर्ने पनि उल्लेख गरे । 

एक महिनामा २६ अर्ब बजेट खर्च 
सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा २६ अर्ब रुपैयाँ बजेट खर्च गरेको जनाएको छ । त्यसमा १६ अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा समानीकरण  अनुदानमार्फत पठाएको अर्थमन्त्रालयले जनाएको छ । यस अवधिमा राजस्व संकलनमा पनि ३७ प्रतिशतले बृद्धि भएको अर्थमन्त्रालयले भनेको छ ।

जसअन्र्तगत भन्सार महसुलको बृद्धि ५ प्तिशतले भएको, मूल्य अभिबृद्धि कर ३७.२४ प्रतिशतले भएको, आन्तरिक राजस्व ३८.७ प्रतिशतले भएको राजस्व सचिव शिशिर ढुंगानाले जानकारी दिए । पहिलो महिनामा ६३ अर्ब ७४ करोडको राजस्व संकलनको लक्ष्यमा ६२ अर्ब ६३ करोड राजस्व संकलन भएको मन्त्रालयले भनेको  छ । साउन महिनाको राजस्व संकलनको पूर्ण विवरण भदौ पाँच गतेसम्म आइसक्ने ढुंगानाले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप