शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरबाट १ पेस्तोल, २ राउन्ड गोलीसहित पाँच जना पक्राउ

बुधबार, २० भदौ २०७५, २० : १६
बुधबार, २० भदौ २०७५

काठमाडौं । नगद लुटपाट गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । प्रहरीले लुटपाटमा प्रयोग भएको मोटरसाइकलसहित उनीहरुलाई बुधबार बिहान ललितपुरको सानागाउँबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा खानीखोला गाउँपालिका–७ बस्ने २८ वर्षीय अनिल घिसिङ, सोही गाउँपालिका–२ बस्ने ३६ वर्षीय रमेश थोकर, २३ वर्षीय जगत बहादुर गोले, पनौती नगरपालिका–८ बस्ने २२ वर्षीय विकास बन्जरा र २७ वर्षीय निशान गोले रहेका छन् । 

खानीखोला गाउँपालिका–७ स्थित छोईछेलकुण्डलिङ गुम्बाका पुजारी ८४ वर्षीय तिलक लामालाई गएराति बा५६प ७०८३ र बा६७प ३७३३ नम्बरको मोटरसाइकलमा आएका ५ जना अपरिचित व्यक्तिहरुले हतियार देखाई मन्दिरमा रहेको १ शंख र ३ लाख ५० हजार रुपैयाँ लुटेर फरार भएका थिए । 

खबर प्राप्त हुनासाथ ललितपुरको प्रहरी चौकी गिम्दी र चौकी गोटिखेलबाट खटिएको प्रहरीले टोलीले लुटपाटमा प्रयोग भएको मोटरसाइकलसहित उनीहरुलाई बुधबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख (एसपी) रविराज खड्काले जानकारी दिए ।  

खड्काको अनुसार उनीहरुको साथबाट १ थान पेस्तोल, २ राउन्ड गोली, १ थान म्यागजीन प्रहरीले बरामद गरेको छ । 

प्रहरी निरीक्षक परशुराम घिमिरेको कमाण्डमा खटिएको १० जनाको टोलीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप