१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
शुक्रबार, ०४ जेठ २०८१, १० : ४४
काठमाडौँ । अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेकोमा सो मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्दै १ लाख ३९ हजार ३ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र घट्दै १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण