राजनीति
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
शुक्रबार, ०४ जेठ २०८१, १० : ४५
काठमाडौँ । नेपाली कांग्रेसको अगुवाइमा आह्वान भएको विपक्षी दलको बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलावट भएको छ ।
कांग्रेस संसदीय दलको बैठकपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि बैठकमा बोलाइएको बताए । नेपालको पार्टीले समेत सहकारी ठगीको विषयमा संसदीय छानबिनको माग गर्दै आएको छ ।
तर, निम्ता गरिएपनि नेपाल बैठकमा सहभागी हुने–नहुने भने निश्चित भइसकेको छैन । बैठक केहीबेरमा सिंहदबारमा बस्दैछ । लेखकका अनुसार बैठकमा राप्रपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लोसपा, जनमोर्चा लगायतका दललाई बोलाइएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार भएको घटना र सहकारी ठगीमा संसदीय छानबिनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
अपडेट : नेपाललाई बोलाइएपनि उनी बैठकमा उपस्थित रहेनन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण