शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा विषेश छुट

आइतबार, ०७ असोज २०७५, १८ : ५५
आइतबार, ०७ असोज २०७५

काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशत छुट पाउने भएका छन् ।

छुट र सुविधा पाउने गरि नबिल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता भएकोे छ ।

उक्त विषेश छुट बाह्य सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज, बहिङ्ग परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुनेछ । 

नबिल बैंकका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले भने, “ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप ग्रान्डी अन्तराष्ट्रिय अस्पतालसँगको यस सम्झौता भएको घोषणा गर्न पाउँदा हामीलाई खुशि लागेको छ । यस सहकार्यले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई लाभ पुग्ने हामीलाई विश्वास छ । ” 

ग्रान्डी अस्पतालका प्रमुख संचालन अधिकृत सेवानिवृत्त महासेनानी अमृत खन्नाले भने, “नेपाली नागरिकलाई अधिक सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा खुशि लागेको छ र यो सम्झौताले सेवामा थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं । ” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप