शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटको गौरबाट डा सिके राउत पक्राउ

आइतबार, २१ असोज २०७५, १७ : ४२
आइतबार, २१ असोज २०७५

काठमाडौं– तराई मधेसमा राष्ट्रियता विरोधी गतिविधि सञ्चालन गर्दै आएका स्वतन्त्र मधेस गठबन्धनका अभियन्ता डा  सीके राउत राैतहटकाे गौरबाट पक्राउ परेका छन् । 

उनका साथमा अरु २ जना कार्यकर्ता पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले रातोपाटीलाई जानकारी दिए । 

ढकालले राउतलाई राज्य विप्लवविरुद्धको कसुरमा आइतबार साढे ४ बजे गौरबाट पक्राउ गरिएको जानकारी दिँदै अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए । 

जिल्ला अदालत रौतहटमा तारेख बुझाउन जाने क्रममा उनी पक्राउ परेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप