मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए

शुक्रबार, ०४ जेठ २०८१, १३ : ३८
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकका सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच धकेलाधकेलको स्थिति भएपछि आज बिहानैदेखि दुवै पक्ष आ–आफ्ना रणनीति बनाइरहेका छन् । कांग्रेसले संसद् भवन नयाँ बानेश्वरमा कांग्रेसले बोलाएको विपक्षी दलको बैठकले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ । यता सत्ता पक्षको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले संसद् खुलाउने विषयमा छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप