रियलको अर्को खराब नतिजा, लेभान्टेसँग पनि पराजित
काठमाडाैं-स्पेनिस ला लिगा फुटबलमा अंक तालिकाको तल्लो हाफमा रहेको लेभान्टेले रियल मड्रिडलाई २–१ को हार चखाएको छ ।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा शनिबार भएको लिगको नवौं खेलमा रियल १३ मिनेटमै पाहुना टोली लेभान्टेसँग २–० ले पछि परेको थियो ।
छैटौं मिनेटमा लेभान्टेका लुइस मोरालेसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने १३औं मिनेटमा लेभान्टेका रोजर मार्टीले पेनाल्टीबाट गोल गरेका थिए ।
पहिलो हाफमा २–० ले पछि परेको रियलले दोस्रो हाफमा खेलमा फर्किन प्रयास गरेको थियो ।
दोस्रो हाफको सुरुवातमा ग्यारेथ बेल मैदान प्रवेश गरेका थिए । ६० हौं मिनेटमा करिम बेन्जेमा र डानी सेबालोस पनि वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए ।
बेन्जेमाले ७२औं मिनेटमा मार्सेलोलाई दिएको पासमा ब्राजिलियन डिफेन्डरले आकर्षक गोल गरेर रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
तर, बाँकी समयमा रियलले गोल थप्न नसक्दा उसले आफ्नै घरमा २–१ को हार भोग्न बाध्य भयो ।
यससँगै रियलले पछिल्ला ५ खेलमा एक खेल पनि जित्न सकेको छैन । त्यसक्रममा उसले ५ खेलमा ४ खेल हारेको छ भने मात्रै १ खेल बराबरी गरेको छ ।
यो हारपछि रियल ९ खेलबाट १४ अंकमै खुम्चिएको छ । ऊ लिगको चौथो स्थानमा छ । विजयी लेभान्टे ९ खेलबाट १३ अंकसहित सातौं स्थानमा चढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु