शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘एभेन्जर्स एन्डगेम': २४ घण्टामै सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड तोड्यो

बुधबार, २६ मङ्सिर २०७५, ११ : १०
बुधबार, २६ मङ्सिर २०७५

एजेन्सी – हलिउड फिल्म ‘एभेन्जर्स एन्डगेम’को पहिलो ट्रेलरले रिलीज भएको २४ घण्टामा अहिले सम्म सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड तोडेको छ । यही फिल्मको अघिल्लो भाग ‘एभेन्जर्स इनफिनिटि वार’ को रेकर्ड तोड्दै सवैभन्दा धेरै हेरिएको ट्रेलर बन्न सफल भएको हो ।    

डिसेम्बर ७ मा रिलीज भएको २४ घण्टामा २८९ मिलियन दर्शकले ट्रेलर हेरेका थिए । भने ‘एभेन्जर्स इनफिनिटि वार’ २४ घण्टामा २३० मिलियन दर्शकले हेरेका थिए । यो रेकर्ड सामाजिक सञ्जाल फेसबुक, ट्विटर र युट्युबको भ्युजलाई जोडर तयार गरिन्छ ।

यसैगरी ‘एन्डगेम’ ले ट्विटरमा पनि सबैभन्दा धेरै मेन्सन भएको फिल्मको रेकर्ड तोडेको छ । यो फिल्मको ट्रेलरलाई ५४९००० मेन्सन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप