शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस वर्षकी मिस युनिभर्सबारे थाहा छ तपाईंलाई ? उनका नदेखेका १० तस्बिर

मङ्गलबार, ०३ पुस २०७५, ०९ : ३०
मङ्गलबार, ०३ पुस २०७५

मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याटरिओना ग्रेको पोल्टोमा परेको छ ।

आफ्नो देशबाट चौथो मिस युनिभर्स बनेको खुसीयालीमा फिलिपिन्समा जनता निकै खुसी छन् । खुसी र गर्वको लहर सोसल मिडियामा पनि देख्न पाइन्छ ।

थाइल्याण्डको बैंककमा सोमबार मिस युनिभर्सको फिनाले भएको थियो । ग्रेले ९० बढी देशका सुन्दरीलाई पछि पार्दै मिस युनिभर्सको ताज जित्न सफल भइन् ।

सुन्दताको यो प्रतियोगितामा महिलामाथि देह प्रदर्शन र अन्य महिलामाथि भेदभाव गरेको आरोप लगाइन्छ ।

मनालीबाट बीबीसीका हावर्ड जोहन्सनका अनुसार सौन्दर्य प्रतिस्पर्धालाई  फिलिपिन्समा निकै ठूलो सम्झौता मानिन्छ । त्यहाँका मानिसहरु यस्ता प्रतिस्पर्धा परिवारसँगै बसेर टिभीमा हेर्छन् । ड्रेस र मंचको कमेन्ट्रीका लागि च्याट ग्रुप पनि बनाइन्छ ।

मनिता देवकोटा मिस युनिभर्सको शीर्ष १० मा

एक फिलिपिनीले देशमा सौन्दर्य प्रतियोगिताको उत्साहबारे वर्णन गर्दै भनेकी छिन्, ‘यदि फिलिपिन्सका बक्स मेनी पाकियाओको फाइटले सडक जाम हटाउन सक्छ भने सौन्दर्य स्पर्धा इन्टरनेटमा किन छाउन सक्दैन ?’

फिलिपिन्सले स्पेन र अमेरिकाका पूर्व उपनिवेशवादीबाट सौन्दर्य प्रतियोगिता विरासतमा पाएको हो तर सन् १९७० र ८० को दशकमा तानाशाह फर्डिनेन्ड मार्कोस र उनकी सुन्दर श्रीमती इमेल्डाको शासनकालका बेला यो समाप्त भएको थियो ।

सन् १९७४ मा यस्ता प्रतियोगिताहरु फिलिपिन्सका जनता आफैंले आयोजना गर्ने गर्थे । सफलताका कारण यो प्रथा फिलिपिन्समा रहिरह्यो जसमार्फत भविष्यका पीढि पनि यस्ता प्रतियोगिताका लागि प्रेरित भए ।

देशका नारीवादी महिला यस्ता प्रतियोगितालाई महिलाको अपमान बताउँछन् । आर्टिस्ट र एक्टिभिस्ट निक्की लुना यसलाई ‘डिस्प्ले अफ फ्लेश’ भन्छिन् जसले अधिकांश महिलाका लागि ‘सुन्दरताको कडा मापदण्ड’ तय गर्छ ।

मनिताको मिस युनिभर्सको यात्रा टुङ्गियो, शीर्ष पाँचमा पुग्न सकिनन्

२४ वर्षकी ग्रेको जन्म केन्र्समा भएको हो । उनका पिता अष्ट्रेलियन हुन् र आमा फिलिपिन्सकी ।

उनी अष्ट्रेलियामै हुर्किन्–बढिन् तर मोडल र नायिका बन्न मनिला फर्किइन् ।

उनले सुरुमा मिस फिलिपिन्सको ताज जितिन् । यसैले उनलाई मिस युनिभर्सको ताज पनि जिताउन सहयोग गर्यो । उनको जीतले फिलिपिन्सका मानिसमात्रै नभई संसारलाई नै उत्साहित बनाएको छ ।

सौन्दर्य स्पर्धा फिलिपिन्सबाहेक संसारभरी लोकप्रिय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप