मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पको च्यारिटी फाउन्डेशन किन बन्द हुँदैछ ?

बुधबार, ०४ पुस २०७५, ०८ : ०४
बुधबार, ०४ पुस २०७५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेशन बन्द गर्ने सहमती भएको छ ।

डोनल्ड ट्रम्प र उनका सन्तानमाथि फाउन्डेशनको रकमलाई गैर–कानूनी तरिकाले प्रयोग गरिएको भन्ने आरोप लागिरहेको छ ।

विवाद गहिरिँदै गएपछि ट्रम्पले आफ्नो पारिवारिक च्यारिटी ‘ट्रम्प फाउन्डेशन’ बन्द गर्न राजी भए ।

न्यूयोर्कको अटोर्नी जनरल बारबरा अन्डरवुडले यसबारे ट्रम्प परिवारमाथि मुद्दा दर्ता गराएका थिए ।

बारबरा अन्डरवुडले ट्रम्पले आफ्नो व्यापारिक र राजनीतिक फाइदाका लागि फाउन्डेशनको प्रयोग गरेको आरोप लगाएका थिए ।

ट्रम्प फाउन्डेशनलाई न्यायिक निगरानीमा भंग गरिनेछ र त्यसमा बाँकी भएका रकम अन्य च्यारिटीलाई बाँडिनेछ ।

अमेरिकी राष्ट्रपति र उनका तीन सन्तान अब न्यूयार्कको कुनै पनि च्यारिटीको बोर्ड सदस्य बन्न सक्ने छैनन् । यस्तो गर्न उनीहरुमाथि प्रतिबन्ध लगाइएको छ ।

यस्तै फाउन्डेशनका वकिलले अटोर्नी जनरल बारबरा अन्डरवुडमाथि फाउन्डेशनमाथि राजनीति गरेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप