मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

यी नायिकालाई सलमान खानसँग फिल्म खेलेकोमा अफसोस

बुधबार, ०४ पुस २०७५, ०८ : ४३
बुधबार, ०४ पुस २०७५

माही गिल बलिउडकी बोल्ड अभिनेत्रीमा समावेश छिन् । उनले सन् २००७ मा फिल्म ‘खोया खोया चान्द’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गरिन् । उनले देव डी, गुलाल, साहब बीबी और ग्यांगस्टर सिरिज र दबंगजस्ता फिल्ममा काम गरिन् ।

सन् २००८ मा फिल्म देव डी मा अभय देओलको अपोजिटमा देखिएपछि उनी मानिसहरुको नजरमा परिन् । फिल्ममा उनलाई निकै रुचाइयो । तर सलमान खानको एउटा फिल्ममा काम गरेकोमा आफूलाई अफसोस लागेको उनी बताउँछिन् । माही मान्छिन् कि उनको एउटा निर्णय उनको करियरका लागि हानिकारक साबित भयो । उनी भन्छिन्, ‘सलमान खानको फिल्म दबंगमा काम गरेपछि मेरो करियर तहसनहस भयो ।’

पीटीआईलाई दिएको अन्तर्वार्तामा माहीले भनेकी थिइन्, ‘देव डी पछि मैले निकै प्रशंसा र अवार्ड पाएँ । मानिसहरु मलाई फिल्ममा अनुबन्ध गराउन चाहन्थे तर मैले दबंगमा साइन गरेँ, यसले मेरो करियरलाई क्षती पुर्यायो । फिल्ममा निर्माताले मलाई सानो रोल दिन सुरु गरे । मलाई निकै नराम्रो लागेको थियो, त्यतिबेला के गर्ने सोच्नै सकिनँ । मलाई भाग्यमा निकै विश्वास छ । मलाई लाग्छ कि मलाई यस्तो हुनु नै थियो । मलाई यो रोल गरेकोमा अफसोस थियो ।’

उनले थपिन्, ‘यो फिल्मपछि मेरो करियर रोकियो । ‘साहब, बीवी और ग्यांगस्टर थ्री’ अफर गरेकोमा तिग्मांशु धूलियालाई धन्यवाद ।’    

माहीले ‘दबंग टु’ मा अभिनय गर्न नचाहेको बताउँदै अरबाजले सिक्वेलमा पनि उनको आवश्यकता भएको बताएपछि अभिनय गर्नैपरेको बताइन् । अरबाज फिल्ममा माहीका श्रीमान् बनेका थिए । दबंग थ्रीका लागि उनलाई केही पनि नभनिएको उनले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप