पाकिस्तानमा ‘भ्यालेन्टाइन डे’को दिन ‘सिस्टर्स डे’ मनाउने
लाहोर । एक पाकिस्तानी विश्वविद्यालयले फेब्रुअरी १४ को दिन ‘सिस्टर डे’(दिदिबहिनी दिवस) मनाउने भएको छ । यो निर्णय फैसलावाद अवस्थित युनिभरसिटी अफ एग्रिकल्चर विश्वविद्यालयका भाइस चान्सलरले गरेको हुन् ।
पाकिस्तानको लोकप्रिय पत्रिका डनमा प्रकाशित भएको एक समाचार अनुसार उपकुलपति जफर इक्बाल रन्धावाले उक्त दिन विश्वविद्यालयका महिला विद्यार्थीलाई स्कार्फ र अबाया उपहार दिन सकिने बताए ।
उपकुलपति आफूले प्रस्ताव गरेको दिवस पाकिस्तानको संस्कृति र इस्लाम धर्म अनूकुल हुने विश्वास व्यक्त छन् ।
फेब्रुअरी १४ विश्वभरी प्रणय दिवसको रुपमा मनाइन्छ । उक्त दिनमा मानिसहरुले आफूले माया गरेको व्यक्तिलाई शुभकामना तथा उपहार आदान प्रदान गर्छन् ।
तर सोही दिन उक्त विश्वविद्यालयले भने ‘सिस्टर्स डे’को रुपमा मनाउने बताएको छ । डन टीभी नेटवर्कसँग कुरा गर्दै रन्धवाले आफ्नो यस प्रस्ताव मानिसहरुलाई मन पर्ने नपर्ने अहिले नै स्पष्ट नभएको बताएका छन् ।
उनले केही मुसलमानहरुले भ्यालेन्टाइन डेलाई खतराको रुपमा लिएको बतााउँदै भने, “मेरो विचारमा यदी खतरा छ भने यसलाई अवसरमा बदल्नु पर्छ ।”
उनले ‘सिस्टर्स डे’ मनाएर पाकिस्तानमा दिदीबहिनी कति माया गरिन्छन् भनेर ‘देशको राम्रो छवि पनि विकास’ हुने बताए ।
“के संसारमा दिदिबहिनी र दाजुभाईबीचको मायाभन्दा ठूलो केही छ ? यो श्रीमान र श्रीमतीबीचको मायाभन्दा ठूलो हुन्छ,” रन्धनाले भने ।
वर्षौंदेखि भ्यालेन्टाइन डे मुसलमान बहुल पाकिस्तानमा विवादीत विषय बन्दै आएको छ । केहीले यसलाई मनाइरदाँ केहीले भने यसको विरोध गर्छन् ।
इस्लामावाद उच्च अदालतले सन् २०१७ र सन् २०१८ मा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध लगाउदैं छापा र विद्युतीय सञ्चारलाई ‘सबै भ्यालेन्टाइन डे प्रचार तत्काल रोक्न’ आदेश दिएको थियो ।
सन् २०१६ मा तत्कालिन राष्ट्रपति ममनून हुसेनले पाकिस्तानीहरुलाई भ्यालेन्टाइन डे मनाउन छाड्न आग्रह गरेका थिए । उनले यो मुसलमान संस्कृतिको हिस्सा नभएर एक पश्चिमी आविष्कार भएकाले यसलाई मनाउन नहुने बताएका थिए ।
हिन्दुस्तान टाइम्सबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर