Sridevi Bungalow: श्रीदेवीको मृत्युको दृश्य देखेर आहत भए बोनी
आँखा झिम्काएर रातारात स्टार बनेकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर बलिउड डेब्यू गर्दैछिन् । उनको पहिलो हिन्दी फिल्म Sridevi Bungalow को टिजर भर्खरै रिलिज भएको छ र रिलिजदेखि नै यो विवादमा आएको छ । यो फिल्ममा श्रीदेवीको मृत्युको बाथटब दृश्य देखाइएको छ जसमा श्रीदेवीका श्रीमान् बोनी कपुरले आपत्ति जनाएका छन् ।
स्मरण रहोस्, गत वर्ष फेब्रुअरी २४ तारिखको राती श्रीदेवीको दुबईमा निधन भएको थियो । बाथरुमको बाथटबमा उनलाई मृत अवस्थामा पाइएको बताइन्छ । श्रीदेवी बंगला नामको फिल्मको टिजरमा श्रीदेवीको जीवनसँग जोडिएका विभिन्न पाटो देखाइएको छ । यो मामलामा श्रीदेवीका श्रीमान् बोनी कपुरले फिल्मका निर्मातालाई लिगल नोटिस पठाएका छन् । उनका अनुसार श्रीदेवीमाथि यो फिल्म उनको परिवारको सहमती बिना बनाइएको हो ।
श्रीदेवी बंगलोका निर्देशक प्रशान्त मुम्बुलीले बोनीलाई श्रीदेवी निकै साधारण नाम भएको र उनको फिल्म सस्पेन्स थ्रीलर भएको स्पष्टिकरण दिइसकेका छन् । यति हुँदा हुँदै पनि बोनी कपुर यो फिल्म रिलिज हुन दिने पक्षमा छैनन् । यद्यपी, यो फिल्म श्रीदेवीको जीवनसँग कति मिल्दोजुल्दो छ त्यसको जानकारी निर्माण पक्षले दिएका छैनन् ।
दैनिक भास्करको रिपोर्टलाई मान्ने हो भने फिल्ममा आफ्नी श्रीमतीको नाम र उनको मृत्युको दृश्यबारे थाहा पाएपछि बोनी निकै दुःखी छन् र यो फिल्म रोक्नका लागि उनी हरेक प्रकारको कानूनी कारवाही गर्नका लागि तयार भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ