विपिनले भेटे साँच्चिकैका ‘गोपी’
काठमाडौं – फिल्म ‘गोपी’को प्रचारमा निस्किएका अभिनेता विपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । चितवनको ठूलो गड्डीस्थित रहेको ढकालको ढकाल गाई फर्म समेत पुरै भिजिट गरेका बिपिनले व्यवसायको बारेमा पनि जानकारी लिए ।
२०५० सालदेखि चितवनमा गाई पालन गर्दै आएका गोपी ढकालले फिल्मको पोस्टर र ट्रेलरले आफ्नै कथा भनेको महशुस भएपछि फिल्मको टिमसँग भेट्न मन लागेको बताए । ‘छोरा भाइले पहिला फिल्मको पोस्टर देखाए । आफ्नो नाम र गाई देखेपछि केहो भन्ने भयो ।’ ढकालले भने ‘ ट्रेलर पनि देखेपछि त कसरी मेरै कथामा फिल्म बनाए छन् भन्ने लाग्यो ।’ आजसम्म हल नटेकेका ढकालले गोपी हेर्न परिवारसहित हलमा जाने समेत बताए ।
‘गोपी’ को सुटिङ ताका नै यस्ता थुप्रै पात्र भेटे । जसले फिल्मको कथा मेरै जस्तो लाग्यो भन्थे’ बिपिनले भने ‘ यो फिल्मको विशेषता नै यही हो फिल्म हेरिसक्दा गाई पाल्नेले मात्र होइन जुनसुकै व्यवसाय गर्नेले पनि यसले आफ्नै कथा भनेको महशुस गर्नुहुन्छ ।’
फिल्मको प्रचारका लागि चितवन आइपुगेको ‘गोपी’को टिममा बिपिनबाहेक वर्षा राउत, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल रहेका छन् । शनिबार नै पत्रकारसँग अन्तरक्रियासमेत गरेको टिमले फिल्मले देशमै केही सकिने सम्भावनालाई फिल्मले प्रस्तुतिको माध्यम बनाएको जानकारी गराएको थियो ।
अभिनेत्री वर्षा राउतले पनि स्वावलम्बन र स्वरोजगारको विषयलाई मुखरित गरेको फिल्मले मनोरञ्जनसँगै युवालाई देशमै केही गर्न प्रेरित गर्ने बताइन् । माघ १८ बाट प्रदर्शनमा आउने फिल्ममा विपिन र वर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ ।
दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । आरोही केसीको निर्माण रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)