शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाइक उडाउन, उडेर किक हान्न मन छ – करुणा श्रेष्ठ

शुक्रबार, १८ माघ २०७५, १२ : ३५
शुक्रबार, १८ माघ २०७५

हिजोआज करुणा श्रेष्ठको चर्चा धेरै छ । उनले अभिनय गरेको फिल्म ‘१०० कडा १०’ को प्रदर्शनका कारणले पनि उनको चर्चा हुने गरेको हो । आजबाट प्रदर्शनमा आएको ‘१०० कडा १०’ उनको डेब्यु फिल्म हो । डेब्यु फिल्मको प्रचारका लागि बाहिर ल्याएको सामग्रीले उनको फिल्ममा अभिनय राम्रो रहेको अनुमान लगाउन सकिन्छ । 

‘मिस कलेज २०१२’ को विजेता भएपछि कलाकारिताकमा होमिएकी श्रेष्ठ विज्ञापन चलचित्र, म्युजिक भिडियो अभिनयसहित फिल्ममा होमिएकी उनीसँग टेलिभिजन कार्यक्रम प्रस्तोताको समेत अनुभव छ । लभस्टोरी फिल्मबाट अभिनयमा डेब्यु गर्ने अवसर पाएकी उनी अब भने एक्सन फिल्म गर्न मन लागेको बताउँछिन् । यिनै अभिनेत्री श्रेष्ठसँग रातोपाटीको दस प्रश्न ।

‘१०० कडा १०’ आजबाट रिलिजमा आएको छ, हैन ?
– हो, त्यसैले त म एकदमै एक्साइटेड छु । रमाइलो लागिरहेको छ । मिडियामा छाइरहेकी छु । प्रतिक्रिया पनि राम्रो आइरहेका छन् । फिल्मको नतिजा के हुने हो भनेर डर पनि छ । नर्भस पनि छु । 

अफर कसरी आयो ?
– अभिनय सानैदेखि मन पथ्र्यो । टीभीमा विभिन्न गीत हेर्दै आफूलाई त्यसमा कल्पना गर्थें । फिल्म अभिनयमा छिट्टै आउँछु भन्ने चाहिँ थिएन । ‘मिस कलेज २०१२’ को विजेता बनेपछि विज्ञापन, म्युजिक भिडियो अभिनय गर्ने अवसर पाए । यसको अलवा टीभीमा पनि काम गरिरहेकी थिए । यही क्रममा अफर आयो । कथा पनि मनपर्यो डेब्यु गरेँ । 

यो त मिसनको फिल्म होइन र ?
– हो, त्यसैले यो फिल्मको महत्वकाङ्क्षा बढी नै छ । फिल्मको ‘दाइलाई कुरा लाइदिने’ पहिलो गीतले निकै चर्चा पायो । ट्रेलर आए पनि पछि फिल्मको हाइट झन् बढ्यो । आजबाट फिल्म रिलिज भएको छ । दर्शकले धेरै अपेक्षा गरेका छन् । यो पूरा हुन्छ कि हँुदैन भन्ने डर मनमा छ ।

फिटनेस गर्नुहुन्छ ?
– पहिले गर्थें, बीचमा छाडकीे थिएँ । त्यसैले शरीर बिग्रियो । अहिले फेरि थालेको छु । तर जिम जान्नँ । घरमै युट्युब हेरेर गर्ने गरेको छु । 

फेसनमा रुचि त पक्कै होला ?
– फेसनमा सानैदेखि रुचि छ । साथीहरुले मेरो फेसनप्रतिको चासो र जानकारी देखेर फेसन स्पेसलिस्ट बन भन्थे । त्यो त भन्दिनँ । फेसन मिलाएर लगाउने ढङ्ग भने ममा छ । 

फुर्सदको समय ?
–क्रिएटिभ काम गर्न, सङ्गीत सुन्न, आफ्ना लागि ड्रेस डिजाइन गर्न मनपर्छ । 

सपना ?
अभिनयमा आएकी छु । अभिनेत्रीको रूपमा चिनिएर विश्वभ्रमण गर्ने उद्देश्य छ ।

प्रेम ?
केही वर्षदेखि प्रेममा छु । अहिले अन्य केही नभनौँ । 

कस्तो केटी ?
–मुडी छु । क्रिएटिभ काम गर्न मनपर्छ । सिम्पल भएर हिँड्न रुचाउँछु । 

कस्तो फिल्ममा काम गर्ने इच्छा छ ?
– प्रेम कथामा बनेको फिल्मबाट अभिनयमा डेब्यु गरेकी छु  । अब भने एक्सन गर्न मन लागेको छ  । बाइक उडाउन, उडेर किक हान्न मन लागेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप