शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी भेट्न ओली, प्रचण्ड, देउवा र गच्छदार शितल निवासमा

आइतबार, ०५ फागुन २०७५, २२ : ०९
आइतबार, ०५ फागुन २०७५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आइतबार साँझ पाँच बजेपछि शीर्ष नेताहरु शितल निवास पुगेका छन् । 

राष्ट्रपति भण्डारीको निमन्त्रणमा सत्तापक्षका दुई र प्रमुख प्रतिपक्ष दलका दुई शीर्ष नेता शितल निवास पुगेका हुन् । 

शितल निवास स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदारले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । 

राष्ट्रपति भण्डारीसँग नेताहरुले देशको वर्तमान पछिल्लो राजनीतिक  घटनाक्रमको विषयमा छलफल गरेका शीतल निवास स्रोतले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप