मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तलब माग्दै जानकी मेडिकल कलेजको काउन्टरमा तालबन्दी

आइतबार, २६ फागुन २०७५, १३ : ०९
आइतबार, २६ फागुन २०७५

जनकपुर–जानकी मेडिकल कलेजका पूर्वचिकित्सकले पारिश्रमिकको माग गर्दै कलेजको काउन्टरमा फेरि तालाबन्दी गरेका छन् । 

 काम गर्दा पाउनुपर्ने तलबको माग गर्दै आधा दर्जन पूर्व चिकित्सकहरुले जनकपुर स्थित ब्रह्मपुरी चोकमा रहेको शाखा अस्पतालको रुपमा सञ्चालित जानकी मेडिकल शिक्षण अस्पतालको काउण्टरमा आइतबार २ घण्टा तालाबन्दी गरेका हुन् । 

काम गरेर छोडेको एकवर्ष वित्न लाग्दा पनि बाँकी तलब निदएकाले बाध्य भएर अस्पतालको काउण्टरमा तालाबन्दी गरेको डा. कर्मेन्द्र यादवले बताए ।  
अस्पताल छाडिसकेका डा. शम्भु साह, डा. गौतम झा, डा.अस्विनी झा, डा.आशोक अधिकारी, डा.सरोज यादव लगाय झण्डै ५० भन्दा बढी कर्मचारकिो लाखौं रुपैयाँ अस्पतालमाथि बाँकी रहेको चिकित्सकहरुको दावी छ ।

उनले आफ्नोमात्रै रु ९ लाख ५० हजार रुपैया अस्पतालले दिन बाँकी रहेको बताए । 
 अस्पताल व्यवस्थापन पक्षसंग पटक पटक बाँकी तलब दिन आग्रह गर्दापनि अटेर गरेकाले बाध्य भएर काउण्टरमा तालाबन्दी गरेको चिकित्सकहरुको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप