श्रीमानको कुटाइबाट श्रीमती अस्पताको बेडमा, कारण घरायसी विवाद

ओखलढुंगा । ओखलढुंगामा श्रीमानको कुटाइबाट श्रीमती सख्त घाइते भएकी छिन् । मानेभज्याङ गाउँपालिका–१ मोलीका २७ वर्षीय भविमान सिंह रुम्दालीको कुटाइबाट उनका श्रीमती २९ वर्षीया निर्मला राई सख्त घाइते भएकी हुन् ।
आइतबार बेलुका मादकपदार्थ सेवन गरी आएका रुम्दालीले सामान्य घरायसी विवाद हुँदा श्रीमतीलाई मराणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।
श्रीमानको कुटाइबाट निर्मलाको हात, अनुहार, ढाड तथा खुट्टामा गहिरो चोट लागेको छ । उनको हाल ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भैरहेकाले उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ ।
घटनापछि रुम्दालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेलगत्तै पुनः मंगलबार (आज) रुम्दालीविरुद्ध जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा महिला हिंसाविरुद्धको उजुरी पनि दर्ता भएको छ ।
अहिले पीडक रुम्दालीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । निर्मलाका ७ वर्ष र ३ बर्षका छोरीहरु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म