आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

केटीको विषयमा ललितपुरमा ग्याङफाइट, छुरा प्रहारबाट एकको मृत्यु

शुक्रबार, २० वैशाख २०७६, २१ : २३
शुक्रबार, २० वैशाख २०७६

ललितपुर । शुक्रबार साँझ साढे ६ बजेतिर ललितपुरको सुमेरु अस्पताल नजिकैको गल्लीमा दुई समूहबीच ग्याङफाइट हुँदा एक जनाको छुरा प्रहारबाट मृत्यु भएको छ । 

केटीको विषयमा विवाद हुँदा ललितपुर महानगरपालिका – ६ प्रयागपोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डीएसपी) नारायण चिमौरियाका अनुसार केटीको बिषयमा विवाद हुँदा २ समूहबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको हो ।

अन्सनको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको हो । पक्राउ परेका सबै केटाहरु लागूऔषध दुव्र्यसनीमा संलग्न रहेको समेत डीएसपी चिमौरियाले बताए । 

सो घटनामा संलग्न मुख्य अभियुक्तसहित ६ जनालाई पक्राउ गरेको डीएसपी) चिमौरियाले रातोपाटीलाई जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप