उपनिर्वाचन
१५२१ मत गन्दा इलाम–२ मा एकीकृत समाजवादीसहित ५ उम्मेदवारको शून्य मत
आइतबार, १६ वैशाख २०८१, १५ : १३
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा शनिबार भएको उपनिर्वाचनमा आइतबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ । निर्वाचन आयोगका अनुसार १५२१ मत गन्दा एकीकृत समाजवादीसहित ५ जना उम्मेदवारले शून्य मत पाएका छन् । एकीकृत समाजवादीका जीत बहादुर राईले शून्य मत पाएका हुन् ।
यस्तै उम्मेदवारहरू धनराज राना मगर, जयवन्त विक्रम शाह, डाक प्रसाद गौतम र मनोज निरौलाले शून्य मत पाएका हुन् ।
यस्तै राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाउँदा ६५७ मतसहित कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन् ।
यस्तै उनको पछिपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५३४ मतका साथ रहँदा तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले १८७ मत पाएका छन् । यस्तै रास्वपाका मिलन लिम्बुले ११५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण