सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

आइतबार, १६ वैशाख २०८१, १६ : ०९
आइतबार, १६ वैशाख २०८१

बागमती । पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु सङ्क्रमित फेला परेका छन् ।

 चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि हालसम्म मकवानपुरमा चार सय ३९ पुरुष र चार सय १८ महिला गरी ८५७ जना नयाँ डेङ्गु सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । 

उनका अनुसार तीमध्ये हेटौँडा उपमहानगरपालिकामा मात्र सबै भन्दा बढी पाँच सय ४८ डेङ्गु सङ्क्रमित फेला परेका छन् । डेङ्गु सङ्क्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९÷८० मा मकवानपुर जिल्लामा पाँच हजार आठ सय ६४ जना डेङ्गु सङ्क्रमित भएका थिए । गर्मी मौसम सुरु भएसँगै डेङ्गु सङ्क्रमित अझै बढ्नसक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रमुख मिजारको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप