खप्तडमा वैशाख २१ देखि साइकलयात्रा गरिँदै
कैलाली । सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय धनगढीका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको हो ।
खप्तड क्षेत्रमा साइकल यात्राका लागि आवश्यक तयारी पूरा भएको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका योजना अधिकृत दानबहादुर थापाले जानकारी दिए । यही वैशाख २१ देखि २८ गतेसम्म साइकलयात्रा गर्ने गरी तयारी भएको उनले जानकारी दिए । खप्तडको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख बजेट विनियोजन गरिएको योजना अधिकृत थापाले बताए ।
सो साइकलयात्रा डडेल्धुराबाट खप्तडको त्रिवेणी धामसम्म गरिने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । साइकल यात्राका लागि परामर्शदातासँग छलफलसमेत गरी तयारी अघि बढेको थापाको भनाइ छ । यसैगरी प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा पर्यटकलाई लक्षित गर्दै खप्तडमा बीचपानी–त्रिवेणी धामसम्म ४.५ किलोमिटर पदमार्ग निर्माण गर्न अनुमानित रु ९९ लाख ९९ हजार ६७५ बजेट विनियोजन गरिएको एकाइ कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण