विल ज्याक्स र विराट कोहलीको उत्कृष्ट ब्याटिङसँगै बैंगलुरुले सजिलै हरायो गुजरातलाई
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार खेलिएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले जित हात पारेको छ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिएको खेलमा बैंगलुरुले गुजरात टाइटन्सलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो ।
जारी आईपीएलमा बैंगलुरुले हात पारेको यो केवल तेस्रो जित हो । बैंगलुरुले १० खेलबाट ६ अंक बटुलेको छ । बाँकी सात खेलमा भने बैंगलुरु पराजित भएको छ । १० खेल खेलेको गुजातको भने यो छैटौँ हार हो । गुजरातले चार खेलमा भने जित हात पारेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बैंगलुरुले १६ ओभरमा केवल एक विकेट गुमाएर दुई सय ६ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
बैंगलुरुको जितमा विल ज्याक्सले शतकीय र ओपनर विराट कोहलीले अर्धशतकीय पाली खेले । ज्याक्सले अविजित एक सय रन बनाए । उनले केवल ४१ बलको सामना गरी १० छक्का र पाँचवटा चौका पनि प्रहार गरे ।
ओपनर विराट कोहलीले पनि अविजित ७० रन बनाए । उनले ४४ बलको सामना गरी तीन छक्का र ६ चौका प्रहार गरे । विराट जारी आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । ४० रनमा पहिलो विकेट गुमाएको बैंगलुरुलाई त्यसपछि ज्याक्स र विराटले विजय लक्ष्यसम्म पुर्याएका थिए ।
कप्तान फाफ डु प्लेसिस भने २४ रन बनाउँदै आउट भएका थिए । त्यसअघि गुजरातका लागि साई सुदर्शनले अविजित ८४ र शाहरुख खानले ५८ रन बनाएका थिए । साई सुदर्शनले ४९ बलको सामना गरी चार छक्का र आठ चौका प्रहार गरे ।
शाहरुख खानले भने ३० बलको सामना गरी पाँच छक्का र तीन चौका हिर्काएका थिए । डेभिड मिल्लरले पनि अविजित २६ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण