परीक्षा ‘हल’भित्र अमर्यादित व्यवहार गरेको भन्दै तोडफोड
वीरगन्ज । परीक्षा सेन्टरमा अमर्यादित व्यवहार भएको भन्दै वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसको परीक्षा सेन्टरमा परीक्षार्थीहरू तोडफोड गरेका छन् । पर्सा प्रहरीका डीएसपी केशर न्यौपानेले क्याम्पसमा विद्यार्थीहरूले तोडफोड गरेको पुष्टि गरे । कलेजका शिक्षकहरूले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरूले तोडफोड गरेको प्रारम्भिक सोधपुछमा बुझिएको उनले बताए ।
उनले अहिले क्याम्पस पूर्णरुपमा प्रहरीको सुरक्षामा रहेको र अवस्था सामान्य भइसकेको बताए । विभिन्न बहाना बनाएर मानसिक यातना दिएको भन्दै विद्यार्थीहरूले तोडफोड गरेको परीक्षामा सहभागी अरबाज अन्सारी बताए । क्याम्पस प्रशासनले नियतवश टर्चर दिएको उनको भनाई छ ।
उनले भने,‘क्याम्पभित्र प्रवेश गरिसकेपछि हामीहरूलाई अनुगमन गर्ने निहुँमा उत्तर पुस्तिका खोसिदिने, उभ्याइदिने, सबैको अगाडि नाङ्गो पारिदिने जस्ता शब्द बोल्ने गतिविधि भइरहेको थियो । सुरुको दिनदेखि यस्तो व्यवहार भएपछि आज हामी परीक्षा पश्चात् प्रतिकारमा उत्रेका हौँ ।’
सोही क्रममा ढुङ्गामुढामा तथा तोडफोड भएको उनले बताए । डीएसपी न्यौपानेका अनुसार विद्यार्थीहरूले कलेजको एउटा बस, उच्च माध्यमिक शिक्षा परिषद्को गाडी र ३/४ मोटरसाइकलमा तोडफोड गरेका छन् । साथै फर्निचर तथा केही थान मोनिटर पनि तोडफोड भएको पर्सा प्रहरीले जनाएको छ ।
यता हरिखेतान बहुमुखी क्याम्पसका निमित्त क्याम्पस सञ्चालक किशोरी साहले एनआइ कलेजका परीक्षार्थीहरूले बिना कारण तोडफोड गरेको बताए । कसैको उक्साहटमा परेर परीक्षार्थीहरूले तोडफोड गरेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती
-
दूधसँग केरा खाँदा शरीरमा के हुन्छ ?
-
मोरङ सिजुवाका उद्धव पाठकबाट मात्रै ठगिए सयौँ युवा, २६८ जनाले दिए निवेदन
-
एयर फ्रायरमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण