पोखराको पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक घुमे
पोखरा । पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक घुमेका छन् । गत कात्तिक दोस्रो सातादेखि हालसम्म सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको तथ्यांक छ । ६ महिनाअघि देखि नै पर्यटकको देश अनुसार तथ्यांक राख्न थालिएको हो ।
यस्तै, चालु आर्थिक वर्षको अहिलेसम्म १ लाख ४५ हजार ३ सय ३४ जनाले संग्रहालयको अवलोकन गरेका छन् । गत वर्ष १ लाख ९८ हजार ८ सय २५ जनाले संग्रहालयको अवलोकन गरेका थिए ।
नेपाली पर्यटक, विद्यार्थी र भिआइपी गरेर १ लाख ९ हजार ९ सय १५ जना संग्रहालय घुम्न गएका छन् । सार्क राष्ट्रका १६ हजार ३ सय १० जना र विदेशी १९ हजार २८ जनाले संग्राहलय घुमेका लेखापाल भावना शर्माले बताइन् ।
संग्राहलयमा खासगरी जापानी पर्यटकको आकर्षण छ । जापानी १ हजार ७ सय ६४ जनाले अवलोकन गरेका हुन् । यही अवधिमा ८१ जनाले संग्रहालयमा फोटोसुटका लागि अनुमति लिएका छन् ।
चालु वर्षको हालसम्म टिकट विक्रीबाट २ करोड १७ लाख २८ हजार रुपैयाँ संग्रहालयले आम्दानी गरेको छ । संग्रहालय अवलोकनमा आउने विदेशीसँग ५ सय, सार्क राष्ट्रका नागरिकलाई २ सय ५० रुपैयाँ, नेपालीलाई १०० रुपैयाँ, नेपाली विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?
-
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
-
मलाई प्यारो छ मेरो जन्मभूमि
-
गलत तरिकाले खुसीयाली मनाउँदा अप्ठ्यारोमा परे कोलकाताका बलर वरुण चक्रवर्ती
-
‘ऊनको स्वीटर’ र ‘जार’को अग्रिम बुकिङ खुला, कसको कति शो ?
-
कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू पक्राउ