शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हत्या आरोपमा दुई जना पक्राउ

मङ्गलबार, ३१ वैशाख २०७६, २१ : ०६
मङ्गलबार, ३१ वैशाख २०७६

नारायण नगरपालिका–५ छातिकोटमा आफन्तको विवाहमा गएका युवाहरुको समूहबीच झगडा हुँदा मृत्यु भएका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या आशंकामा परेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

सोमबार राति झडपमा थापाको मृत्यु भएपछि फरार रहेका दुवैलाई प्रहरीले नारायण–७ टोड्के खोला नजिक जङ्गलबाट पक्राउ गरेको हो । 

थापाको हत्या भएसँगै फरार भएका पहलसिं सारु र दानबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

सोमबार राति १२ बजे दोहोरो झडप हुँदा मृत्यु भएका थापाको घाँटीमा चोट देखिएको आफन्तले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप