सलमानले भने, ‘भारत मेरो करियरको सबैभन्दा ठूलो फिल्म तर कटरिनाको लागि होइन’
बलिउड अभिनेता सलमान खानको भारतले धमाकेदार सुरूवात गरेको छ र यसबाट सलमान निकै खुसी भएको कुरा कसैबाट लुक्न सकेको छैन ।
सलमानले भारतको सफलतामा खुसी भएर केही मिठाई पनि खाएको खबर आएको थियो । खानपिनमा विशेष ध्यान राख्ने उनी साधारणतया यसो नगर्ने भारतीय मिडियाले दाबी गरेको छ । वर्षको सबैभन्दा ठूलो ओपनिंग गर्ने फिल्म बनेपछि फिल्म भारत २०० करोड कमाउन अघि बढिरहेको छ । यद्यपि सलमानलाई यो राम्रोसँग थाहा छ कि भारत उनको करियरको सबैभन्दा ठूलो ओपनिंग गर्ने फिल्म हो तर यो कटरिना कैफको करियरको सबैभन्दा ठूलो ओपनिंग गर्ने फिल्म होइन । हालै जूम टिभीलाई दिएको अन्तरवारतामा सलमानले यसबारे कुरा गरेका छन् ।
अन्तरवार्ताको क्रममा सलमानले दर्शकलाई भारतको सफलताका लागि पुनः एकपटक धन्यवाद दिए र कटरिनामाथि व्यंग्य गर्दै भने, ‘मेरो करियरको सबैभन्दा ठूलो ओपनिंग गर्ने फिल्म हो र यसमा मसँग कटरिना पनि थिइन् तर कटरिनाको करियरको सबैभन्दा ठूलो फिल्म यो नभई अरु कुनै हो । ’
कटरिनाले भनिन्, ‘उनले थग्स अफ हिन्दोस्ताबारे कुरा गरिरहेका छन् तर फिल्म हिट पनि हुनुपर्छ । ’
स्मरण रहोस्, सलमान खानको फिल्म भारतले आफ्नो रिलिजको पहिलो दिन नै ४२.३ करोडभन्दा बढी कमाएको थियो । यो फिल्मसँगै सलमानले आफ्नो फिल्म प्रेम रतन धन पायोको रेकर्ड तोडेका छन् । यो फिल्मले रिलिजको पहिलो दिन लगभग ४० करोड कमाएको थियो । यद्यपि, सलमानको भारतले आमिर खानको फिल्मको रेकर्ड तोड्न सकेन । आमिर, अमिताभ बच्चन र फातिमा शेख स्टारर फिल्म थग्स अफ हिन्दोस्तानले आफ्नो रिलिजको पहिलो दिन नै ५० करोड कमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा