इटहरीमा टाटा कार मेला, यस्ता छन् मेलाका प्रमुख आकर्षणहरु
काठमाडौं– टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र सिप्रदीको आधिकारीक बिक्रेता ग्लोबल अटो ट्रेडर्सको सहकार्यमा सुन्दर नगरी इटहरीमा यही असार ५, ६ र ७ गते कार मेलाको आयोजना हुने भएको छ ।
बिहान ११ः०० बेज देखि साँझ ७ः०० बजे सम्म सञ्चालन हुने उक्त कार मेला सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै ओसन पार्कमा आयोजना हुने आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।
मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् । यस मेलामा ग्राहकहरुले अन द स्पट फाइनान्सको सुविधाका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्ज लोयल्टी बोनस जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ । उक्त मेला ३ दिन सम्म चल्नेछ ।
मेलाका अन्य प्रमुख आकर्षणहरुमा निशुल्क प्रबेशको व्यवस्था मिलाइएको आयोजकले बताएको छ । त्यसैगरी, अन दि स्पोर्ट् फाइनान्सीङ, पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेन्ज लोयल्टी बोनस, टेस्ट ड्राइभको व्यवस्था, फोटो सुट, नेल आर्ट, फेस पेन्टिङ्ग साथै स्वादिष्ट परिकारहरु साथमा वाटर फनको मज्जा लिन पनि सकिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !