कैलालीका हुरीपीडितलाई एनआरएनएको पाँच लाख राहत
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कैलालीका हुरीपीडितलाई मंगलबार तात्कालिक राहतस्वरूप पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
सहयोग रकम काठमाडौंस्थितको केन्द्रीय कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको धनगढी उपमहानगरपालिकाको खातामा जम्मा गरिएको संघले जनाएको छ ।
गत हप्ता कैलाली कञ्चनपुरमा आएको विनाशकारी हुरीबाट सबैभन्दा प्रभावित धनगढी क्षेत्रका खास पीडितलाई सहयोगका लागि उपमहानगरपालिकाले गरेको अनुरोधका आधारमा तात्कालिक राहतस्वरूप सो रकम पठाइएको संघका कोषाध्यक्ष हिक्मत थापाले बताए ।
थापाका अनुसार संघले थप राहत सहयोग जुटाउन आफ्ना सबै शाखाहरूलाई अनुरोध गरिसकेको छ ।
धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले पीडितका लागि सहयोग पठाएकोमा आभार व्यक्त गर्दै रकम वास्तविक पीडितसम्म पुग्ने प्रतिबद्धता जनाएको थापाले बताए । गत बिहीबार साँझ आएको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सयजनाभन्दा बढी घाइते भएका थिए । हुरीले मुक्त कमैया, गरिब–विपन्न दर्जनौं परिवारको घरको क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’