शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साझाका रात्रिकालीन बस सेवा सुरु

शुक्रबार, २७ असार २०७६, ०८ : २८
शुक्रबार, २७ असार २०७६

साँझ ६–७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुश्किल भइरहँदा काठमाडौँ उपत्यकामा रात्रिबस सेवा सुरु भएको छ । 

साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस सुरु गरेको हो ।

तीन रुटमा बस सुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेले बताए । उनका अनुसार न्युरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्युरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलंकी र न्युरोड गेटबाटै नयाँ बानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस सुरु भएको छ ।

अहिले परिक्षणका रुपमा तीनवटा बसबाट सुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा सञ्चिता घिमिरेले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप