बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाही गर्न काँग्रेसको माग
काठमाडौँ– नेपाली काँग्रेस संसदीय दलले रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धका मूर्ति तोडफोड भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको बताएका छन् ।
‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ’ खाणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनाको सत्यतथ्य छानविन गरी संलग्न दोषीलाई यथाशीघ्र कानूनी कारवाही गर्न पनि नेपाली काँग्रेस संसदीय दलले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)