मिका सिंहका कारण सलमानले रद्द गरे क्यानडा र अमेरिकाको भ्रमण
बलिउड नायक सलमान खान यो महिनाको सुरुवातमा क्यानडा र अमेरिकाको केही शहरमा टुर गर्ने योजनामा थिए । यतिबेला उनी आफ्ना प्रशंसकहरुसँग केही सेसन्स गर्ने तयारीमा थिए र उक्त कार्यक्रममा एउटा विशेष भेट पनि हुने कार्यक्रम निश्चित थियो । तर अब सलमानले उक्त भ्रमण रद्द गरेको घोषणा गरेका छन् । अब यो अर्को वर्ष हुने बताइएको छ । स्रोतले भन्यो, ‘सलमान खान यो कार्यक्रममा गायक कमाल खानसँग जाँदै थिए र मिका सिंहले पनि उनीहरुलाई जोइन गर्दै थिए ।’
मिकाका कारण लिए यस्तो निर्णयः
गायक मिका सिंहले पाकिस्तानमा प्रस्तुती दिएका कारण विवादमा छाएका थिए । मिकाले निर्मातासँग कुरा गरेर समस्या सुल्झाए पनि यसको चर्चा अझै सेलाएको छैन । सलमानको समूहलाई उक्त कार्यक्रमले कस्तो प्रतिक्रिया पाउला भनेर थाहा नभएपछि कार्यक्रम नै रद्द गरेको बताए ।
कामको कुरा गर्ने हो भने सलमान आजकाल ‘दबंग थ्री’ को सुटिङ गरिरहेका छन् । त्यसपछि उनी ‘बिग बस १३’ मा काम सुरु गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर