डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको दाबी
काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको स्पष्ट पारेको छ । डेंगु रोगबारे आवश्यक अनुसन्धान समेत नगरिएको भन्दै सरकारको आलोचना भईरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमबार पत्रकार सम्मेलन गरी सो रोगबारे मिहिन ढंगले अनुसन्धानको काम गरिएको प्रष्टयाएको हो ।
सो रोग लाग्नुको कारणबारे मिहिन ढंगले अनुसन्धान भइसकेको परिषदका अध्यक्ष डा.अञ्जनीकुमार झाले जानकारी दिए । उनले सो रोगबारे अनुसन्धान नै नभएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताए ।
परिषदले सो रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालनको काम पनि सुरु गर्ने घोषणा गरेको छ । परिषदका अध्यक्ष झाले सो रोगलाई लाग्न नदिने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । घरभित्र र घर वरपर विशेष ढंगले सफाई गरे सो रोगको संक्रमण नहुने परिषदले जनाएको छ । परिषदले सो रोग लाग्ने लामखुट्टेको नियन्त्रणका लागि घरभित्र र बाहिर कुनै पनि ठाउँमा पानी जम्न दिन नहुनेतर्फ पनि सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण