तेल भण्डारमा आक्रमण : अमेरिकाले साउदी अरबमा सैनिक पठाउने

बीबीसी । साउदी अरबमा रहेको तेलको भौतिक पूर्वाधारमाथि लगातार आक्रमण हुन थालेपछि अमेरिकाले त्यहाँ आफ्नो सैनिक पठाउने घोषणा गरेको छ ।
डिफेन्स सेक्रेटरी मार्क एस्परले सञ्चारकर्मीहरुसँगको कुराकानीमा साउदी अरबमा अमेरिकी सेनाको परिचालन ‘रक्षात्मक शैली’ मा हुने जानकारी दिएका हुन् । यद्यपि, कति संख्यामा सैनिक पठाउनेबारेमा भने निर्णय भइसकेको छैन ।
गत हप्ता साउदी अरबमा रहेका दुईवटा तेल भण्डारमा आक्रमण भएको थियो । त्यसमा यमनमा रहेको हुथी विद्रोहीहरुको हात रहेको बताइएको छ । विद्रोहीहरुलाई इरानले सहयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
अमेरिका र साउदी अरेबिया दुवैले भने उक्त हमलामा इरान नै दोषी भएको आरोप लगाएको छ ।
गत शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गर्दै आफूले इरानसँग सैन्य द्वन्द्व नचाहेको संकेत गरेका थिए ।
एस्परका अनुसार साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सले अमेरिकासँग सहयोग माग गरेको कारण त्यस क्षेत्रमा अमेरिकी सैनिक परिचालन गर्न लागिएको हो ।
अमेरिकी सेनाले त्यहाँ हवाई र क्षेप्यास्त्र रक्षात्मक प्रणालीलाई सुद्धृढ बनाउन मद्दत गर्नेछ र दुवै देशलाई सैन्य सामग्री प्रदान गर्नेछ ।
संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जेनेरल जोसेफ डनफोर्डले निकै सानो संख्यामा अमेरिकी सैनिक परिचालन हुने भन्दै संख्याले हजारको आँकडा नछुने बताए । उनले कस्ता–कस्ता सैनिकहरु पठाउन लागिएको भन्ने बारेमा भने खुलाउन चाहेनन् ।
न्युयोर्क टाइम्सका अनुसार पत्रकारहरुले ‘अमेरिकाले इरानमाथि सैनिक कारवाहीको बारेमा सोचिरहेको हो ?’ भन्ने प्रश्न गर्दा एस्परले आफूहरुले हाल त्यसबारेमा केही नसोचेको प्रतिक्रिया दिएका थिए ।
गत हप्ता अब्काइक र खुराइसमा रहेको तेलको पूर्वाधारमा हमला भएको थियो । जसको कारण विश्वकै तेल आपूर्तीमा असर देखिएको थियो ।
बुधबार साउदी सरकारले हमलामा प्रयोग भएका ड्रोन र क्रुज मिसाइल प्रदर्शन गर्दै उक्त आक्रमणमा इरानी संलग्नता भएको प्रमाणित भएको दाबी गरेको थियो । अहिले कहाँबाट आक्रमण भएको भन्ने सही स्थान पहिचान गर्ने काम भइरहेको पनि जानकारी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण