संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउन आवश्यक छ : गगन थापा
काठमाडौं-नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टीले संविधान रक्षार्थ संविधानलाई संशोधन गरी सर्वस्वीकार्य बनाउन चाहेको बताएका छन् । महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सा बजारमा आज आयोजित काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्र्तगत कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा उनले संविधान निर्माणका क्रममा तत्कालीन समयमा देखिएका केही कमजोरीलाई संशोधन गरी सबैको हितका लागि आफ्नो दलले संविधान संशोधन गर्न चाहेको बताए ।
मधेशी, जनजातिलगायत असन्तुष्ट पक्षको विचार समेटेर संविधान संशोधन गर्न बारम्बार दवाब दिँदासमेत सत्तापक्षका कारण संशोधन हुन नसकेको नेता थापाले आरोप लगाए । सांसद थापाले संविधान जारी हुने समयमा विरोध गर्ने तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधनको मुद्दा लिएर सरकारमा गए पनि चुपचाप बसी जनतालाई भ्रममा राखेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण