तेल प्रशोधन केन्द्रमा आक्रमण: सबै विकल्प खुल्ला भएको साउदी अरबको दाबी
बिहीबार, ०९ असोज २०७६, १५ : ०८
एजेन्सी– केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ । तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले अन्तर्राष्ट्रिय समाचार समितिलाई बताएका छन् ।
अमेरिका र साउदी अरबले ती आक्रमणमा इरानको संलग्नता भएको दाबी गर्दै आएका छन् । साउदी अरबमा उत्पादन हुने करिब आधा जति नै प्रभावित हुनेगरी भएका आक्रमणमा इरानको संलग्नताबाहेक अरू विश्वसनीय आधार नदेखिएको यी दुई देशले बताएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदल बैठक निष्कर्षविहीन
-
नाममा विवाद भएपछि रणवीर कपूरको रामायणको नाम परिवर्तन
-
बैंगलुरुको अविस्मरणीय यात्रामा सन् २०१६ को झल्को
-
ब्रोइलर कुखुराको रोग मानिसमा लाग्न सक्ने तथ्यमा कुनै सत्यता छैन : भेटेरिनरी एसोसिएसन
-
पतञ्जलीको सोन पापडी खान असुरक्षित
-
कांग्रेसले भन्यो– झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ