थन्किएका जहाजको पार्किङ शुल्क करोडौं
शुक्रबार, १० असोज २०७६, ०६ : ३०
नेपाल वायुसेवा निगमका १४ मध्ये जहाज ‘ग्राउन्डेड’ छन् । तिनको प्रयोग हिनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ ।
वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनेको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ । एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा छ ।
त्यसले दैनिक १६ सय ९८ अमेरिकी डलर भाडा तिर्नुपर्छ । हालको विदेशी विनिमयदर ११३ रुपैयाँअनुसार यसले दैनिक १ लाख ९१ हजार ८७४ रुपैयाँ तिर्छ । ‘विमानस्थल सेवा शुल्क विनियमावली २०६७’ अनुसार कुनै पनि जहाजलाई तीन घण्टासम्म पार्किङ निःशुल्क छ । त्यसपछि हरेक ६ घण्टामा एक पार्किङ हुन्छ ।
एक दिनलाई चार पार्किङ हिसाव गरेर नागरिक उड्डयान प्रधिकरणले दैनिक पार्किङ शुल्क तोक्छ । यो जहाजको तौलअनुसार लाग्छ । यो समाचार अन्नपूर्ण पोस्ट्मा राजु बास्कोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण