काँग्रेसको प्रश्न : सभामुखले राजीनामा दिएको हो या कार्यवाहक ?
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बलात्कार प्रकरणमा मुछिएका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो वा कार्यबहाक दिएको भन्दै प्रश्न गरेको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले उपसभामुखलाई सभामुखले राजीनामा दिने प्रवन्ध अनुसार महराले राजीनामा दिएको भनेपनि छानविन प्रकृया नसकिएसम्मका लागि भनेकाले त्यो राजीनामा नभएर कार्यवहाक दिएको जस्तो भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको छानविन गर्न एक बर्ष लाग्यो भने त्यतिवेलासम्म संसद एक बर्षसम्म सभामुखविहीन भएर बस्ने ? भन्दै प्रश्न गरे ।
‘जे व्यवस्था छ त्यो व्यवस्था अनुसार उहाँले राजीनामा दिएँ भन्नुभएको छ । छानविन प्रकृया टुगिसकेपछि एक किसिमको फैसला आउला । त्यसपछि उहाँलाई कारवाही गर्ने वा आपसी हुने भन्ने अधिकार नोपलको कानुनले गर्ने हो वा उहाँ आफैले गर्ने हो ?’ प्रवक्ता शर्माको भनाई छ ।
शर्माले महराले राजीनामामा प्रयोग गरेका शव्दहरु हेर्दा राजीनामा भन्दा पनि विदेश जाँदाजस्तो कार्यवाहक दिएको जस्तो देखिएको बताए । ‘उहाँले कार्यवाहक दिएको देखिन्छ । राजीनामा दिएको देखिँदैन । त्यसैले यो राजीनामाको विषयलाई अझै प्रस्ट र परिस्कृत ढंगले ल्याउने र गराउने कुरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उच्च नेतृत्व गम्भीर बन्नुपर्छ’ शर्माले महराको राजीनामाबारे भने ।
घटना दुःखद रहेको भन्दै काँग्रेसले ‘त्यो भन्दा बढी नेपाली नारीहरुप्रति उच्च तहबाटै यो प्रकारको व्यवहार हुनुले नेपाली समाज कता जाँदैछ भन्ने बुझिन्छ,’ भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण