बडा दसैँमा सिटिजन्स बैंकको नगद काउन्टर संचालन हुने
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई सरल, सहज, सुलभ तवरले सेवा प्रवाह गर्ने उद्देश्यका साथ बडा दसैँका सम्पुूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।
बैंकले आश्विन १८, १९, २० र २२ गते काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।
३६५ दिन बैंकिंग सेवा प्रवाह गर्ने योजना अन्तर्गत बैंकले विजया दशमीको दिन (आश्विन २१ गते) काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ ।
उल्लेखित शाखाहरुबाट सेवाग्राहीहरुले बिहान ११ः०० बजे देखि दिउ‘सो २ः०० बजे सम्म नगद काउन्टरको सेवा लिन सक्नुहुनेछ । साथै विजया दशमी २०७६ को शुभ अवसरमा आफ्ना समस्त ग्राहक महानुभाव, शेयरधनी एवम् शुभचिन्तकहरुमा बैंक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण