तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
बिहीबार, ०७ साउन २०८३, १२ : ५२
सारांश
- तेह्रथुमको आठराई गाउँपालिकामा एक महिलाको खुकुरी प्रहार गरी हत्या गरिएको छ।
- महिलाको हत्या गरेको अभियोगमा सोही ठाउँका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकामा महिलाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।
आठराई गाउँपालिका-६ सिमखर्क बस्ने ५१ वर्षीया रूपा लिम्बूको हत्या गरेको अभियोगमा सोही ठाउँका ३८ वर्षीय कृष्णबहादुर लिम्बूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
कृष्णबहादुरले खुकुरी प्रहार गरी रूपाको हत्या गरेर फरार भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली खटिएको थियो। खोजतलास गर्ने क्रममा प्रहरीले उनलाई आठराई गाउँपालिका-५ सुम्लिबुङबाट नियन्त्रणमा लिएको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण