शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपति सीको नेपाल भ्रमण : आइतबार सार्वजनिक बिदा

शुक्रबार, २४ असोज २०७६, १० : ४३
शुक्रबार, २४ असोज २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणका अवसरमा आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

राष्ट्रपति सी शनिबार नेपाल आएर आइतबार चीन फर्कने कार्यक्रम रहेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा संवेदनशीलता र सर्वसाधारणमा पर्ने असुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि बिदा दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप