दाङमा खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते
सोमबार, २७ असोज २०७६, ११ : ०९
बुटवल । दाङमा खुकुरी प्रहार हुँदा एक युवा गम्भीर घाइते भएका छन् ।
शान्तिनगर गाउँपालिकामा गएराति दुई युवाबीच बिवाद हुदा खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार खुकुरी प्रहारबाट शान्तिनगर गाउँपालिका वडा नं. ५ पहाडीपुर निवासी ३० बर्षीय प्रकाश थापा घाइते भएका छन् ।
सामान्य विवाद हुुदा स्थानीय २२ बर्षीय निम बहादुर वलीले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । थापाको टाउको र बाँया कानमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।
थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप पचारका लागि कोहलपुर रेफर गरिएको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने वलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण