दाङमा खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते
सोमबार, २७ असोज २०७६, ११ : ०९
बुटवल । दाङमा खुकुरी प्रहार हुँदा एक युवा गम्भीर घाइते भएका छन् ।
शान्तिनगर गाउँपालिकामा गएराति दुई युवाबीच बिवाद हुदा खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार खुकुरी प्रहारबाट शान्तिनगर गाउँपालिका वडा नं. ५ पहाडीपुर निवासी ३० बर्षीय प्रकाश थापा घाइते भएका छन् ।
सामान्य विवाद हुुदा स्थानीय २२ बर्षीय निम बहादुर वलीले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । थापाको टाउको र बाँया कानमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।
थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप पचारका लागि कोहलपुर रेफर गरिएको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने वलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा
-
यी हुन् कार्कीलाई कोशीको मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने ५२ सांसद (सूचीसहित)
-
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
-
सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारी बर्खास्त
-
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश