फिल्म सरौतोले महिला शक्तीकरणको कथा बुलन्द गरेको छ : मन्त्री मगर
काठमाडौं – खानेपानी तथा सरसफाइमन्त्री विना मगरले नेताले बोलेर जनतालाई फैल्याउने चेतना भन्दा कलाकारले कला मार्फत प्रस्तुत गर्ने चेतनाको सन्देश बढी प्रभावकारी हुने बताएकी छन् । मंगलबार राजधानीमा आयोजित फिल्म ‘सरौतो’ को ट्रेलर लन्च कार्यक्रममा अतिथिका रुपमा पुगेकी मन्त्री मगरले भनिन् ‘फिल्म सरौतोले महिला शक्तिकरणको कथा बुलन्द रुपमा उठाएको छ । यसको विषयवस्तु राम्रो लागेर म पनि सहभागी भएकी हँु ।’
आफुले पनि महिला सशक्तिकरणको बिषय पहिल्यैदेखि उठाउँदै आएको बताएकी मन्त्री मगरले सारौतो फिल्म सबैले हेर्नुपर्ने फिल्म बनेको आफुले बुझेको बताइन् । मन्त्री मगरले नेपाली फिल्म र कलाकारिता समाजसँग पनि जोडिएको विषय भएकोले कलाकारले आफ्नो कला र सृजनामार्फत समाज निर्माणमा पनि योगदान पुर्याउनुपर्ने धारणा राखेकी थिइन् ।
कार्यक्रममा फिल्म ‘सरौतो’को ट्रेलर समेत देखाइएको थियो । २ मिनेट ३३ सेकेण्डको ट्रेलरमा फिल्मकी मुख्य अभिनेत्री सुमी मोक्तान एक्सन अवतारमा देखिएकी थिइन् । ट्रेलर हेरेपछि मन्त्री मगरले अभिनेत्री सुमीको एक्सन र अभिनयको समेत तारिफ गरेकी थिइन् ।
फिल्मले एक महिलाको संघर्षको कथा बोकेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको पनि अभिनय छ । विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको छ ।
राजनराज शिवाकोटी, पुष्पन प्रधान र कमल खत्रीको संगीत ‘सरौतो’ का लागि आफुले सांकेतिक भाषा सिक्न करिब ६ महिना बढी मिहिनेत गरेको अभिनेत्री सुमीले बताइन् । कार्यक्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौला, जीतु नेपाल लगायतले फिल्मको सफलताका लागि शुभकामना दिएका थिए । फिल्म कार्तिक २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण