४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
शनिबार, ३० जेठ २०८३, १९ : २४
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई ४० हजार घुससहित पक्राउ गरेको छ।
- सेवाग्राहीसँग जग्गा रोक्का गरिदिने बहानामा घुस मागेको सूचनाको आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
- कण्डेलको साथबाट घुसवापतको ४० हजार रुपैयाँका अतिरिक्त स्रोत नखुलेको २१ हजार ७० रुपैयाँ पनि बरामद गरिएको छ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ।
जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, कण्डेलले सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका कण्डेलको साथबाट घुसवापतको ४० हजार रुपैयाँका अतिरिक्त स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँ समेत बरामद गरिएको छ।
आयोगले उनलाई शनिबार नियन्त्रणमा लिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण