ट्रेलरमा यस्तो देखियो ‘लभ यु हमेशा’
काठमाडौं– त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको ‘लभ यु हमेशा’ कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले शुक्रबार ट्रेलर सार्वजनिक गरेको छ । १५ कार्तिकमा इन्डियामा समेत प्रदर्शनमा आउने बताइएको फिल्मको ट्रेलरमा फिल्मका प्रेम, रोमान्स र एक्सनका मुख्य दृश्यले प्रथथामिकता पाएका छन् ।
भास्कर प्रधानको निर्देशन रहेको फिल्मले प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमुखी कार्यक्रम सुरु गरेको छ । फिल्मका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स सिनेमा घरमा पुगी दर्शकलाई बिभिन्न खेल खेलाउदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’ अंकीत कप,पेन तथा डायरी बितरण गरेर फिल्मको प्रचार गरिरहेका छन् ।
निर्देशक प्रधानकै लेखन रहेको फिल्म यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा को फ्रेम राख्ने मध्ये हरेक हप्ता एकजना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ ।
फिल्म प्रदर्शनभन्दा दुई साताअघिबाट दैनिक रुपमा फेसबुक तथा टिभी लाइभ शोमार्फत उपहार बिजेता सार्वजनीक गरिने निर्माण पक्षले जनाएको छ । धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्ममा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारको अभिनय छ ।
भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको बितरण रिच इन्टरटेन्मेन्टले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुठभेडतर्फ संसद् : अरूलाई सदनमा बोल्नै नदिने कांग्रेसको नीति कति लोकतान्त्रिक ?
-
कांग्रेसलाई छानबिन समिति होइन सत्ता चाहिएको हो : महेश बर्तौला
-
रविविरुद्ध आक्रामक कांग्रेस : सदन–सडकमै घेर्ने चेतावनी
-
मधेस सरकारबाट बाहिरिने सवालमा माओवादीको ‘यू–टर्न’
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
कांग्रेस र गगन थापालाई रवि लामिछानेको खुला चुनौती