मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

संसदीय छानबिन समिति नबने कांग्रेस सडकमा पनि आउँछ : गगन थापा

शुक्रबार, २८ वैशाख २०८१, १९ : ४७
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकपछि रास्वपाका सभापतिसमेत रहेका लामिछानेले आफूले ऋण लिएको प्रमाणित गर्न कांग्रेस महामन्त्री थापालाई चुनौती दिएका थिए । ऋण लिएको प्रमाणित गरे आफूले राजनीति छाड्ने र प्रमाणित नभए राजनीति छाड्न तयार हो भनेर लामिछानेले थापालाई प्रश्न गरेका थिए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले पनि लामिछानेका सबै चुनौती स्वीकार गर्न तयार रहेको बताएका हुन् । ‘संसदीय समितिबाट प्रमाणित गरे भइहाल्यो नि । गगन थापालाई मात्र किन कांग्रेसलाई लज्जित गराइहाल्नुस्,’थापाले भने,‘पुष्टि भयो भने तपाईंले छोडे पनि हुन्छ । कहिले महान्यायाधीवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन । संसदीय छानबिन समितिबाट पुष्टि गरे भइहाल्छ ।’

गृहमन्त्री लामिछानेले राज्यका संयन्त्रहरु प्रयोग गरेर प्रमाण लुकाइससकेको उनको दाबी छ । एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री, प्रहरी प्रमुख र महान्यायाधीवक्ताले माया गर्दै पनि संसदीय समिति बनाऊँ भन्दा भागेको भाग्यै किन भन्दै थापाले प्रश्न गरे । 

अब संसदीय समिति नबनेसम्म संसद् नचल्ने थापाले बताए । साथै पेलेर जान खोजे यो विषय संसदमा मात्र सीमित नहुने भन्दै कांग्रेस महामन्त्री थापाले भने,‘सडकमा आउँछ, त्यसअनुसार सामना गर्न सरकारले तयार हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप