मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

भारतको हित हुने गरी अग्निपथ नीतिमा परिवर्तन गर्न सकिन्छ : एस. जयशंकर

शुक्रबार, २८ वैशाख २०८१, २० : ०१
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । भारतीय विदेश मन्त्री एस. जयशंकरले भारतले  अग्निपथ योजनाको नीतिमा फेरबदल गर्न सक्ने बताएका छन् ।

भारतमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले आफ्नो हितका लागि अग्निपथ योजना ल्याएको र त्यसमा नेपाललाई पनि सामेल गराएको बताए । उनले नेपालले भर्ना रोकेको धारणा राखे ।

भारतीय टेलिभिजन एनडिटीभीको अनलाइन संस्करणमा उल्लेख समाचार अनुसार विदेश मन्त्री जयशंकरले नेपालले  अग्निपथ योजना सामेल नभएको कारणले नभई भारतको हितलाई दृष्टिगत गर्दै केही नीतिमा परिवर्तन गर्न सकिने बताए ।

उनले भने, ‘ अग्निपथ योजना भारतको हितमा ल्याइएको हो । यसले अरूको हितमा के फरक पार्छ त्यो सरोकारको विषय होइन, भारतको हितमा जे राम्रो हुन्छ त्यही गरिन्छ ।’ 

उनले नेपाल जलस्रोत र बिजुलीमा धनी देश भएको उल्लेख गर्दै त्यसको भारत पनि ग्राहक भएको तर नेपाल राजनीतिक कारणले तयार नभएको बताए । उनले भने, ‘नेपाल श्रीलङ्कालाई आफ्नो बिजुली बेच्न तयार छ । श्रीलङ्कालाई यो कुराको थाह छ कि वास्तवमा उसलाई कसले सहयोग गरेको हो ।’  

छिमेकी देशको बिचमा सम्बन्ध बलियो हुने कुरामा जोड दिँदै उनले भारतको बारेमा बंगलादेशको सोच मौलिकरुपमा परिवर्तन आएको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप