भारतको हित हुने गरी अग्निपथ नीतिमा परिवर्तन गर्न सकिन्छ : एस. जयशंकर
काठमाडौँ । भारतीय विदेश मन्त्री एस. जयशंकरले भारतले अग्निपथ योजनाको नीतिमा फेरबदल गर्न सक्ने बताएका छन् ।
भारतमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले आफ्नो हितका लागि अग्निपथ योजना ल्याएको र त्यसमा नेपाललाई पनि सामेल गराएको बताए । उनले नेपालले भर्ना रोकेको धारणा राखे ।
भारतीय टेलिभिजन एनडिटीभीको अनलाइन संस्करणमा उल्लेख समाचार अनुसार विदेश मन्त्री जयशंकरले नेपालले अग्निपथ योजना सामेल नभएको कारणले नभई भारतको हितलाई दृष्टिगत गर्दै केही नीतिमा परिवर्तन गर्न सकिने बताए ।
उनले भने, ‘ अग्निपथ योजना भारतको हितमा ल्याइएको हो । यसले अरूको हितमा के फरक पार्छ त्यो सरोकारको विषय होइन, भारतको हितमा जे राम्रो हुन्छ त्यही गरिन्छ ।’
उनले नेपाल जलस्रोत र बिजुलीमा धनी देश भएको उल्लेख गर्दै त्यसको भारत पनि ग्राहक भएको तर नेपाल राजनीतिक कारणले तयार नभएको बताए । उनले भने, ‘नेपाल श्रीलङ्कालाई आफ्नो बिजुली बेच्न तयार छ । श्रीलङ्कालाई यो कुराको थाह छ कि वास्तवमा उसलाई कसले सहयोग गरेको हो ।’
छिमेकी देशको बिचमा सम्बन्ध बलियो हुने कुरामा जोड दिँदै उनले भारतको बारेमा बंगलादेशको सोच मौलिकरुपमा परिवर्तन आएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण